भोजपुरमा किशोरीलाई करणी गर्न खोजेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ

भोजपुर, १ जेष्ठ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले जवर्जस्तीकरणी गर्न खोजेको अभियोगमा एक स्वास्थ्यकर्मीलाई  पक्राउ गरेको छ ।

भोजपुर नगरपालिका –१२ टक्सारमा रहेको टक्सार आयुर्वेद औषधालय कोटडाँडामा कार्यरत आयुर्वेद हेल्थ असीस्टेन्ट शंकर शाहलाई पक्राउ गरेको हो ।शाहलाई आफ्नै कार्यालयमा उपचार गर्न आएकी एक किशोरीलाई कार्यालयको स्टोर रुममा लगेर वलत्कार गर्न खोजेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ । शाहले सोमवार दिउँसो कार्यालय आएकी १६ वर्षीय किशोरीलाई बलत्कारको प्रयास गरेका थिए । किशोरीले सो कुरा घरमा गएर वताए पछि परिवारले प्रहरीलाई खवर गरेका थिए ।

शाहलाई सोमवार नै पक्राउ गरी  जवर्जजस्ती करणी उद्योग मुद्धामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।