भोजपुरमा एक महिला मृत फेला

भोजपुर, ३० वैसाख ।

भोजपुर नगरपालिका – ३ गुप्तेश्वरको चम्पोरेमा एक महिला मृत फेला परेकी छिन् ।

आइतवार विहान स्थानिय रत्न वहादुर चौहानकी ५५ वर्षीय श्रीमती भोजमाया चौहान झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन ।

 

परिवारले चौहानलाई आफ्नै घर झुण्डिएको अवस्थामा मृत भेटेपछि प्रहरीलाई खवर गरेका थिए ।

खवर पाए पश्चात प्रहरी घटना स्थलमा पुगेर आवश्यक कानुनी गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।