रेडक्रस भोजपुरको सभापतिमा सुब्वा (सदस्यको नामवली सहित)

भोजपुर,२९ वैसाख ।

नेपाल रेडक्रस सोसाटी जिल्ला साखा भोजपुरको सभापतिमा तुल वहादुर सुब्बा निर्विरोध चयन भएका छन् ।

शनिवार भएको ३४ औ जिल्ला अधिवेसनले सुब्बालाई सर्वसम्मत सभापतिमा चयन गरेको हो । त्यस्तै अधिवसेनले १२ जना सदस्य समेत निर्विरोध चयन गरेको छ ।

सभापति सहित १३ जनाको वैठकले १२ जना सदस्यहरु मध्येबाट उपसभापती, मन्त्री , उपमन्त्री, कोषध्यक्ष लगायतको टुङ्गो लगाउने रेडक्रस कार्यक्रम अधिकृत तेज श्रेष्ठले जानकारी दिए ।