नेकपाद्धारा वन्द आह्वान

भोजपुर, २९ वैसाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगत्तै नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ ।

सो पार्टीका महासचिव विप्लवले शनिबार  एक प्रेस विज्ञप्ति जारी गर्दै बैशाख ३० गते आइतबार नेपाल बन्दको आह्वान गरेका हुन् । अरुण तेस्रोको शिलन्यास, भारतिय प्रधानमन्त्रीको नेपाल भ्रमण लगाएत क्रियाकलाप राष्ट्रियताको विपरित रहेकोले वन्दको आह्वान गरिएको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध गरिएको छ ।