धरानबाट सङ्खुवासभा जादै गरेको बस दुर्घटना

धरानबाट सङ्खुवासभा आखेभुर्इ जादै गरेको को १ ख ३५३० नं। को पाथिभारा ट्राभल्स् धनकुटा जिल्ला वडा नं ४ स्कुलडाँडामा दुर्घटनामा परेको छ । बसमा सवार सबै यात्रु अन्दाजी २५ जना घाइते भएका छन् । आधा भन्दा बढी धरानबाट चडेका यात्रुहरू रहेको जिल्ला ट्राफिक प्रमुख सुरेन्द्र खड्काले जनकारी दिए ।

धरान १५ का सुनिल भुजेल, इटहरी ७ की अन्जु बस्नेत र गणेश बस्नेत रहेका छन् भने सङ्खुवासभा धर्मदेवि नगरपालिका वडा नं. ८ का धनबहादुर जिमी,सोही वडाका तुमबहादुर जिमी,धर्मदेवि नगरपालिका ९ की बिमला कार्की, अम्मर कार्की, अमृतकुमार नेपाल रहेका छन्। त्यसैगरि धनकुटा ५ कि तृप्ती श्रेष्ठ,पाख्रीबास १० का पदमबहादुर रार्इ, धनकुटा खोकु ५ की सजना रार्इलगायत घाइतेका छन् ।

सवारी चालक दल फरार रहेको र अन्य घाइतेको नाम थर खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रमुख खड्काले जनाएको धनकुटा शाखाका सम्वाददाता सन्तवीर लामाले बताए ।