भोजपुरको वैकुण्ठेमा एन आइ सी एशिया वैंकद्धारा दोश्रो साखा विस्तार

भोजपुर, २६ वैसाख ।
एन आइ सी एशिया वैंकले भोजपुर रामप्रसादराई गाउँपालिकाको वैकुण्ठेमा दोश्रो साखा विस्तार गरेको छ ।

गाउँपालिकाको आर्थिक कारोवार सञ्चालनमा सहजता होस भन्ने उद्धेश्यले साखा विस्तार गरेको वैंकका भोजपुर साखा प्रवन्धक चन्दन कटुवाले जानकारी दिए । साखा विस्तारसंगै कारोवार पनि शुरु गरिएको प्रवन्धक कटुवालको भनाई छ ।

यो संगै यस वैकका देशभर २ सय १ ओटा साखा विस्तार भएका छन् ।