भोजपुरमा साहित्यिक कार्यक्रम सम्पन्न

भोजपुर २५ बैशाख ।

साहित्य र संस्कृति उत्थानका लागि सोमबार भोजपुरमा वृहत विचार गोष्ठी तथा बहुभाषिक कविता उत्सव सम्पन्न भएको छ । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल वाङ्मय परिषद, काठमाडौंको आयोजनामा गरीएको हो । कार्यक्रमले भाषिक, साहित्यिक तथा सांस्कृतिक नीति निर्माणमा महत्वपूर्ण इटा थप्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गंगा प्रसाद उप्रेतीले, देवीप्रसाद घीमीरे, शशी लुमबबद्धारा सम्पादित तथा रामप्रसाद राई स्मृति प्रतिष्ठान काठमाडौंद्धारा प्रकाशित ”कवितामा जननायक रामप्रसाद राई ” र युवाकवि थीरलोचन श्रेष्ठद्धारा लिखित कविता कृति पनि विमोचन गरीएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा नेपाल वाङमय परषिद काठमाडौ तथा कार्यक्रमका संयोजक शशी लुमबु को अध्यक्षतामा भएको कार्यक्रममा मातृभाषा साहित्य विभागका प्रमुख प्राज्ञ श्रवण मुकारुङ लगाएतको उपश्थीत रहेको थियो भने काठमाडौंसहित प्रदेश नं. १ का विभिन्न जिल्लाका कवि, लेखक तथा संस्कृतिकर्मीहरूको सहभागिता रहेको थियो ।

विभिन्न समुदायका सांस्कृतिक झाँकी, लोकनृत्य, लघुनाटक र प्रजातान्त्रिक योद्धा रामप्रसाद राईका बारेमा निर्मित बृत्तचित्र प्रदर्शनी समेत गरीएको छ ।