युएईमा पनि साकेला पर्व मनाइयो

भोजपुर, २४ वैसाख ।

युएईमा रहेका किराँत समुदायले उभौली साकेला पर्व मनाएका छन् । युएईको अबुदाबि स्थिति मुसाफा पार्कमा सम्पुर्ण किराँत राई तथा गैर किराँत नेपालीहरुले नाचेर साकेला मनाएको अलऐन सम्पर्क मन्चका राम प्रसाद राई किराँतले वताए ।

साथै सबै छेत्रबाट आउन जान सहजताको लागि वस ब्याबस्था संस्थाका राहत तथा उद्धार प्रमुख सुबास बानु राईले गरेका थिए । त्यस्तै आगन्तुकहरुको लागि खाना तथा वस्नको व्यवस्था संस्थाका सल्लाकार उमेश दामि राई गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष बुद्धि राई अबेगले जानकारी दिए ।

साथै किराँत राई यायोक्खाले बेला बेलामा पर्ने आपत विपत परेकाहरुलाई विभिन्न खाले सहयोग गर्दै भोजपुर सेवा समाज युएईका सह- कोषाध्यक्ष टिकराम वस्नेत वताए ।