भोजपुर हातेमालो समाज युएइद्धारा ओख्रेका सन्तोषलाई आर्थिक सहयोग..

भोजपुर, २४ वैसाख ।

भोजपुर हातेमालो समाज युएईले रामप्रसाद राई गाउँपालिका एक ओख्रेका दुर्घटनाका घाइतेलाई आर्थिक सहयोग गरेको छ । समाजले २०७४ साल ६  जेष्ठमा श्यामशीलामा बसले चेपेर घाइते भएका सन्तोष वानियाँलाई ३५ हजार आर्थिक सहयोग गरेको हो ।

समाजका सदस्यहरुद्धारा संकलित ३० हजार र संस्थाका क्षेत्रिय अध्यक्ष सरोज वानियाँले आफ्नो विवाहको अवसर पारेर दिएको ५ हजार थप गरि ३५ हजार पीडित सन्तोषलाई रकम हन्तान्तरण गरेको समाजका महासचिव तीर्थ याञ्जनले जानकारी दिए ।

बस व्यवसायी हरुले उपचार खर्च १५ लाख खर्चिए पनि अझैसम्म खुट्टामा स्टिल लगाई उपचार भईरहेकोले खुट्टाको स्टील निकाल्नको लागि रकम हस्तान्तरण गरिएको समाजका अलऐन क्षेत्रीय अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । समाजले जिल्लाका बिभिन्न ठाउँमा आपत विपतमा परेकाहरुलाई विभिन्न सहयोग गर्दै आएको समाजका क्षेत्रीय अध्यक्ष सरोज बानियाले जानकारी दिए ।

धेरै स्वदेश तथा बिदेशमा रहेका आर्थिक अवस्था कमजोर भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई यि र यस्ता खालको सहयोग समाजले गर्दै आएको र आगामी दिनमा पनि गरिरहने समाजकी प्रवक्ता काजल राईले जानकारी दिइन् ।

साथै समाजले विभिन्न समस्यामा परेकाहरुलाई सहयोग र सम्मान कार्यक्रमलाई पनि निरन्तरता गर्ने गरेको र विभिन्न पिकनिकहरु तथा सास्कृतिक कार्यक्रमम पनि गर्दै आएको समाजका अध्यक्ष ज्ञानेन्द्र राईले जानकारी दिए ।