खाद्य संस्थान भोजपुरमा चामल आयो

भोजपुर, १८ वैसाख ।
नेपाल खाद्य संस्थान साखा कार्यालय भोजपुरमा चामल आएको कार्यालय जनाएको छ । चामल एक साता अगाडी जिल्लामा आएकोे खाद्य संस्थान भोजपुरका प्रमुख भक्त वहादुर भण्डारीले वताए ।
जिल्लामा यस वर्षको लागि ५ सय क्वीन्टलको लागि टेन्डर गरिएको भए पनि ३ सय क्वीन्टल चामल आएको र वाँकी २ सय क्वीन्टल पनि चाडै आउने प्रमुख भण्डारीको भनाई छ ।

चामल आएको भए पनि त्यसको दर भाउ केन्द्रले पठाउने तयारी गरिरहेकोले केन्द्रबाट दररेट आएपछि मात्र सर्वसाधरणलाई वितरण शुरु गर्ने कार्यालयले जनाएको छ ।

भोजपुरमा ल्याइएको चामल अर्वा सोना मन्सुली रहेको कार्यालयको भनाई छ । यस अघि जिल्लामा चामल सकिएको संस्थानले जानकारी दिएको थियो ।