बजारमा ज्योतिकै ‘जगजगी’

अमेरिकी संगीतकर्मी रोय एयर्सले भनेका थिए, ‘संगीतको खास सुन्दरता भनेको यसले मान्छेलाई जोड्छ । यसले सन्देश बोक्छ र हामी संगीतकर्मी यसका दूत हौं ।’ उनको यस भनाइको आफ्नै महत्व होला तर अहिलेको नेपाली संगीतको बजार भने सन्देश कम, मनोरञ्जन ज्यादा बोकिरहेको छ ।

खासगरी संगीतले बजार र समाजलाई डोर्याउनुपर्ने हो तर केही वर्षयता ठीक उल्टो भइरहेको छ । बजारमा जस्ता गीत हिट भइरहेका छन्, संगीतकर्मीको ध्यान त्यस्तै गीत उत्पादनतर्फ बढी केन्द्रित देखिन्छ । एल्बम बिक्न छाडेपछि गायकरगायिकाको दालभात अहिले पुरापुर स्टेजमा निर्भर छ । सायद यसकै परिणाम होला– अधिकांश गायकरगायिका अचेल स्टेज सुहाउने गीत निकालिरहेका छन् ।

लोक शैलीको प्रभाव
अचेल गीत हिट या फ्लप मापन गर्ने सजिलो माध्यम युट्युब बनेको छ । बजारले यतिबेला युट्युब भ्युजका आधारमा गीत हिटरफ्लप छुट्ट्याउन थालेको छ ।
भनिरहनु नपर्ला, नेपालको ठूलो जनसंख्या लोक संगीत सुन्छ । लोक संगीत र लोक जीवनसँग सम्बन्धित दर्शकरश्रोता यहाँ धेरै छन् । उनीहरुलाई लोक धुनले छिटो छुन्छ तर केही वर्ष अघिसम्म यस विधालाई नेपाली फिल्मले बिर्सेजस्तै थियो । २०७४ साललाई मात्रै नियाल्ने हो भने पनि नेपालको पाश्र्व संगीत अहिले पूरै लोक शैलीमा निर्भर देखिन्छ ।

फलस्वरुप नेपाली फिल्मको संगीतबाट टाढा रहेका लोकदोहोरी गीतका श्रोताहरुले पनि यसपल्ट फिल्मकै गीत बढी हेरे, बढी सुने । लोक शैलीमा बनेका ‘कुटुमा कुटु सुपारी दाना’, ‘ए दाजु नसमाऊ नाडीमा’, ‘पर्ख पर्ख मायालु’, ‘चरी चट्ट परी’ जस्ता गीत गाउँघरमा बढी घन्किए, युट्युबमा बढी हेरिए ।

यो साल गीतमा लोक शैली प्रवेश गराउने संगीतकार र यसलाई गाउने गायक÷गायिका नै बढी दर्शकरश्रोताको नजरमा परे । राजनराज शिवाकोटीको ‘कुटुमा कुटु’ले मात्रै युट्युबमा पाँच करोड बढी भ्युज पायो । उनकै ‘चरी चट्ट परी’ पनि करोड पल्ट हेरियो । संगीतकार दीपक शर्मा, गायक कृष्ण काफ्ले र गायिका विन्दु परियारलाई एउटै गीत ‘पर्ख पर्ख मायालु’ले व्यस्त बनायो ।

केही वर्षअघि ‘काली तिम्रो नजरैले’जस्ता डान्सिङ नम्बर बनाएर चर्चामा आएका गायकरसंगीतकार टंक बुढाथोकी बीचमा सेलाएका थिए । अहिले लोक स्वाद दिएर ‘रुपै मोहनी’ बनाएपछि पुनः दर्शकरश्रोताको नजरमा परेका छन् उनी । बजारमा रुचाइएका यस्ता गीतको धुन लोकमा आधारित भए पनि संगीतको शैली भने ‘पपुलर’ फर्मेटमै छ । हिट भएका अधिकांश गीत मूलधारको सिनेमामा राखिएको छ । विश्वभर मूलधारको सिनेमा भन्नेबित्तिकै सिर्जना कम, व्यापार बढी भन्ने बुझिन्छ । हलिउडतिर नभए पनि भारतमा भने दर्शकको ठूलो समूहमाझ फिल्मको प्रचार गर्न गीतको प्रयोग गर्ने गरिन्छ ।

संगीतको माध्यमाट सिनेमालाई दर्शकमाझ लाने यो ट्रेन्डलाई नेपाली फिल्मले पनि सुरुदेखि नै पछ्याइरहेको छ । फिल्म हिट बनाउन गीतले सघाइरहेको हुन्छ । यो साल पनि करोडौँ भ्युज पाएका गीतले दर्शकलाई हलसम्म तान्न केही हदसम्म सघाए पनि । ‘कुटुमा कुटु’कै कारण ‘दुई रुपैयाँ’ फिल्म हेर्न थुप्रै दर्शक हलसम्म पुगे । ‘पपुलर फर्मेट’मा बनेका यी गीतले लोक शैली समातेकै भरमा धेरै श्रोता त पाए तर सदाबहार हुने शक्ति भने गीतमा देखिँदैन । दुई वर्षअघि रिलिज भएको ‘सुर्के थैली खै’ जसरी अहिले सेलाएझैँ छ, यो पनि त्यस्तै नहोला भन्न सकिन्न ।

नचाउनेकै वर्चश्व

नेपाली समाजको सहरी जीवनशैली अहिले पार्टीमुखी भइरहेको छ । भोजभतेरको प्रचलन बढ्दो छ । देशविदेशका स्टेज कार्यक्रमको संख्या उस्तै बढ्दो छ । र, यी सबै ठाउँमा नचाउनेकै वर्चश्व छ । नचाउने गीतहरु नै यहाँ बढी बज्छन्, बढी गाइन्छन् । यस्तै गीत बढी हिट भएको देखिन्छ ।

पार्टी, भोजभतेरतिर युगल नाच्ने प्रचलन बढी भएकाले होला बजारमा पनि युगल खालका गीत नै बढी हिट भएको देखिन्छ । त्यसैले होला ‘स्लो सङ’ गाउने सत्य–स्वरुप आचार्यहरु भन्दा पनि राजेशपायल राई, प्रमोद खरेल, शिव परियार, मेलिना राई, मीना पोखरेल निरौला लगायत नै बढी स्टेजमा व्यस्त देखियो । लोकगायनमा पनि राम्रा मानिएका बद्री पंगेनी, रामजी खाँड, कुलेन्द्र विक, मुना थापामगरका भन्दा बढी ज्योती मगरको व्यस्तता देखियो । दर्शक पनि उनको ग्ल्यामर प्रस्तुति हेर्नमै बढी तल्लिन देखिए ।

सिरियस चलेनन्, हल्काफुल्का चले

संगीतकार अर्जुन पोखरेलका थुप्रै लभ सङहरुले यो साल राम्रै मार्केट पिटे । ‘भन्छु आज मनका कुरा’, ‘तिमी रोएको पल’, ‘किन आजकल तिम्रो मन मैलो भो’ उनका गीतहरु हुन् जसले युट्युबमा करोड भ्युज पाए । स्वप्न सुमनको ‘कसरी भनुँ’ बोलको लिरिकल भिडियोले पनि राम्रै चर्चा कमायो । यो साल अंग्रेजी–नेपाली शब्द मिसाएर तयार पारिएको प्रवेश मलिकको ‘आई एम भेरी सरी’ गीतले फरक स्वादका कारण दर्शकरश्रोताको ध्यान खिच्न सफल भयो । तर एउटा तीतो यथार्थ के थियो भने प्रेम र सम्बन्धसँग जोडिएर लेखिएका, गाइएका यस्ता गीतका शब्दहरु सस्तो, सरल र छोटा थिए । लोक शैलीमा बनेका गीतमा पनि यही समस्या भेटियो । यस्ता गीतमार्फत् युवा अडियन्सको छिटो ध्यान खिच्न खोजेको देखिन्थ्यो । जसमा थुप्रै संगीतकर्मी सफल पनि देखिए ।

तर विडम्बना गम्भीर प्रकृतिका गीत भने एकदमै कम बने तर मार्केटमा चलेनन् । श्रवण मुकारुङको शब्दमा आभाषले संगीत गरेको ‘छातीमा लागेको माटो त’बोलको गीत जति बुलन्द थियो, यसले त्यति बुलन्द मार्केट पाउन सकेन । दुःखको कुरा भुटानी शरणार्थीको माटो प्रतिको प्रेम दर्शाएको यस्तो जीवन्त गीतले युट्युबमा ३५ हजार भ्युज पनि कटाउन सकेन । यो साल रिलिज भएको गीतरसंगीत हेर्दा र सुन्दा लाग्छ, संगीत मनोरञ्जनको माध्यम मात्रै होइन, यसमार्फत् आम मान्छेका दुःखसुख भन्न सकिन्छ र चेतना प्रवाह गर्न सकिन्छ भन्ने कुरा सायद अहिले अधिकांश संगीतकर्मीले भुलिसके । बजारको निर्मम यथार्थका कारण उनीहरु यो सत्यबाट टाढा भागेको पाइयो ।

बजारमा बिक्ने गीत दिनेमात्रै नभएर बजारलाई आवश्यक गीत दिनेतिर पनि संगीतकर्मीको मन पक्कै डुल्दो हो तर घरको चुल्होमा पुगेपछि त्यो मन फेरि बजारतिरै ढल्कँदो हो । बजारविरुद्ध जानलाई संगीतकर्मीले सामान्य जीवन जिउन र चर्चाको प्रलोभन त्याग्ने हिम्मत गर्न सक्नुपर्छ तर चर्चा र पैसा दुवैमा रमाउने बानी परिसकेकालाई यो सब त्याग्न पक्कै मुस्किल हुन्छ । तर हिम्मत नगरे संगीतमार्फत् समाज र व्यक्ति परिवर्तन हुने कुरा व्यर्थ रहिरहनेछ । संगीतले मान्छे ९स्रोता० परिवर्तन होइन बरु स्रोताले यसैगरी संगीत परिवर्तन गर्दै जानेछन् ।
लय–शब्द चोरी

फिल्ममा बिनाअनुमति ‘उकालीमा अघिअघि’ गीत राख्दा ‘कृ’ फिल्मका निर्माता सुवास गिरीले १ रात हिरासतमा बिताउनुप(यो अनि ११ लाख क्षतिपूर्ति तिर्नुपर्यो । वर्षभर गीत चोरी विवादका कारण गायकरसंगीतकार अलमोडा राना उप्रेती चर्चामा छाइरहे । टंक बुढाथोकीदेखि कालीप्रसाद बाँस्कोटासम्म गीत चोरी विवादमा तानिए । विडम्बना, यो साल पुराना गीतका लय र शब्द चोरीका कारण संगीत क्षेत्र विवादमा रहिरह्यो । संगीतमा मौलिकता खोज्नेभन्दा चोर्ने प्रवृत्ति मौलाएपछि धेरैले हाम्रो संगीत क्षेत्रलाई ‘विचरा’बाहेक केही भन्न सकेनन् ।

दोहोरी ब्याटलको शुरुवात
र्याप ब्याटल त सुनिएकै हो तर यही साल पहिलोपल्ट बजारमा ‘दोहोरी ब्याटल’ आयो । प्रकाश सपुत र गायिका प्रीति आले मगरले संयुक्त रुपमा ल्याएको यस ब्याटलले लोकदोहोरी संगीतको क्षेत्रमा एक खालको तरंग नै ल्यायो । गीत नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर २ सम्म आयो । दोहोरीप्रति वितृष्णा जगाउने दर्शकलाई दोहोरी सुनाउने लक्ष्यसाथ यो ब्याटल ल्याएको दुवैको दाबी थियो । अन्ततः आफूलाई आधुनिक भन्न रुचाउने अर्थात् दोहोरी गीत सुन्न नरुचाउने दर्शक/श्रोताले ‘ब्याटल’कै स्वरुपमा भए पनि दोहोरी सुनेको पाइयो ।