गएराति हराएकी किशोरी आज बिहान मृत भेटिइन्

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका ( ६ नरेनापूरकी एक किशोरी मृत भेटिएकी छिन् । १४ वर्षे सरस्वती हरिजन घरबाट झण्डै एक किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी हुन् । हिजो राति करिब ९ बजे शौचालय जान भनेर घरबाहिर निस्केकी किशोरी हराएकी थिइन् ।

घरपरिवारले घर वरिपरि खोजी गरेपनि प्रहरीलाई खबर गरेका थिएनन् । हराएकी किशोरीलाई आज बिहान साढे ८ बजेतिर खेतमा मृत अवस्थामा स्थानीयले देखेका थिए । अहिले भरखरै प्रहरी घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बालिकाको हत्या के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको बताए । किशोरीको मुख र खुट्टामा चोट लागेको छ । उनको गुप्तांगबाट समेत रगत निस्केको छ । स्थानीयले बलत्कार पछि उनको हत्या भएको दाबी गरेका छन् ।