अनेरास्ववियू भोजपुर क्याम्पस कमिटिको अध्यक्षमा ‘प्रताप’

भोजपुर,२९ चैत्र ।

अनेरास्ववियू  भोजपुर क्याम्पस कमिटिको ३० औ अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले प्रताप तामाङ्गको अध्यक्षतामा ३७ सदस्य क्याम्पस कमिटि गठन  गरेको छ ।
त्यस्तै समितिको उपाध्यक्षमा अम्विका कार्की, साचिव प्रजिना पाण्डे, सह सचिवहरु सुस्मिता राई, पवन कार्की, रोसन लुईटेल र कोषाध्यक्षमा शुस्मा राई रहेकी छिन् ।

विहिवार नेकपा एमाले प्रदेश नं– १ कमिटि सदस्य सुरेन्द्र उदासको प्रमुख आथित्यमा भएको कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटि अध्यक्ष ध्रुवराज राई, जिल्ला युवा संघको अध्यक्ष सन्दिप राई लगाएत उपस्थिति रहेको थियो ।