राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

भोजपुर, २९ चैत्र ।
भोजपुर सदरमुकाममा सञ्चालन भईरहेको ९ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहिवारबाट सम्पन्न भएको छ ।

भर्खरै मात्र प्रतियोगिताका सम्पुर्ण खेल सम्पन्न भएकोले कुन विद्यालयले कति अंक ल्याए भनेर जोड्ने काम भईरहेको आयोजकले जनाएको छ ।

केहि क्षण विजयी विद्यालयको घोषणा गरिने आयोजकको भनाई छ । प्रतियोगितामा १९ ओटा विद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगीतामा प्रथम हुने विद्यालयले १५ हजार दोस्रो हुने विद्यालयले १२ हजार र तेस्रो हुने विद्यालयले ९ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रथम हुने विद्यालय र दोस्रो विद्यालयले खेलकुद मन्त्रालयबाट क्रमश नगद ३५ हजार २५ हजार पाउने आयोजकको भनाई छ ।