भोजपुरको दोभानेमा आगलागी, ११ लाख वढीको क्षति

भोजपुर, २८ चैत्र ।
भोजपुर साल्पासिलिछो गाउँपालिकाको दोभानेमा सोलार सेटसर्ट भई आगलागी हुँदा ११ लाख वढीको क्षति भएको छ ।

स्थानिय साहुधन राईको वोइलर फर्म लगाएत गाइगोठमा आगलागी हुँदा सो वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सोमवार राती १२ वजेका समयमा अचानक भएको आगलागीबाट ९० ओटा वोइलर खुकुरा, अन्नपात भाडा कुडा लगाएत सम्पुर्ण साम्रगी जल्दा अन्दाजी ११ लाख ५ सय वरावरको क्षति भएको प्रहरीको भनाई छ ।  आगलागीबाट कुनै पनि मानविय क्षति नभएको प्रहरीको भनाई छ ।