उद्वारका लागि जब हेलिकोप्टर ल्याण्ड गर्यो, त्यतिनै बेला उनको प्राण गयो

लमजुङ । घाँस काट्न जाँदा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका २ अलैंचेकी ३५ बर्षीया सिर्जना कुँवरको उपचारका क्रममा जिल्ला सामुदायिक अस्पताल बेंसीसहरमा मृत्यु भएको हो ।

गाउँ नजिकैको केराबारी जंगलमा घाँस काट्न गएकी सिर्जना मंगलबार दिउँसो २ बजेतिर भीरबाट खसेर गम्भीर घाइते भएकी थिइन् । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको इन्सपेक्टर बुद्धिसागर पुरीले बताए ।

लमजुङमा उपचार हुन नसकी काठमाडौं लाने तयारीका साथ हेलिकप्टर बोलाइए पनि हेलिकप्टर अवतरण भएकै समयमा उनको निधन भएको प्रहरीले जनाएको छ । बिरामी लिन आएको हेलिकप्टर भने रित्तो फर्केको प्रहरीले जनाएको छ ।