यस्ता छन् नेपालले भारतसँग उठाउनुपर्ने मुद्दा

काठमाडौं । नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो ( केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् ।

उनी शुक्रबार  तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन् ।

संविधान जारी भएपछि सरकारले नेतृत्व गरेको तीनै जना प्रधानमन्त्रीले भारत भ्रमण गरे । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा सुरेन्द् पौडेलको टिप्पणी छापिएको छ ।

जानुअघि उनीहरुले एउटै कुरा बोले जुन अहिले ओलीले पुनः दोहोर्याइरहेका छन्, ुनयाँ सम्झौता हुँदैन, भएका सम्झौताको समीक्षा र कार्यान्वयनमा जोड दिइनेछ ।ु

नेपालले भारत सँग उठाउनै पर्ने मुद्दा, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना ,ऊर्जा क्षेत्र ,अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना , सहुलियतपूर्ण ऋणको उपयोग , टनकपुर ब्यारेजबाट लिंक नहर र दोधाराचाँदनीको सिँचाइका लागि लिंक नहर गण्डक नहर , डुबान , पुनर्निर्माण

व्यापार तथा पारवहन , रेल कनेक्टिभिटी, एलपिजी बुलेट्स
, एकीकृत चेक पोस्ट , तराई सडक , नयाँ हवाई प्रवेश बिन्दु , पोलिटेक्निक इन्स्टिच्युट , कृषि क्षेत्रमा सहयोग , पशुपालन क्षेत्रमा सहयोग , महाकाली पुल, मोतीहारी(अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना, प्राकृतिक ग्यास पाइप लाइन गोरखपुरदेखि सुनवल ,ऊर्जा व्यापार सम्झौता , व्यापार घाटा , धार्मिक सर्किट बुद्ध र हिन्दु, विराटनगर फिल्ड अफिस