एक नम्बर प्रदेशस भामा आर्थिक कार्यविधिबारे विधेयकको मस्यौदा  पेश

काठमाडौँ, ७ चैत्र । एक नम्बर प्रदेश सरकारले आर्थिक कार्यविधि सम्बन्धी विधेयकको मस्यौदा संसदमा पेश गर्ने भएको छ । आज बस्ने प्रदेशसभाको बैठकमा विधेयक पेश हुने भएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको मस्यौदालाई बुधबारको प्रदेशसभा बैठकमा पेश गरिने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकारले यसभन्दा अघिसम्म कुनै पनि कानूनको मस्यौदा संसदमा पठाउन सकेको थिएन । प्रदेश सरकारले कर तथा गैरकर राजस्व सम्बन्धी विधेयक २०७४ मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । यस्तै, चैतको दोस्रो साताभित्र ल्याउने भनिएको चालु वर्षको बजेटको लागि विनयोजन विधेयक २०७४ लाई पनि मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको अत्यावश्यक काम, केही अल्पकालिन योजना र सुरक्षा निकायको मनोबल बढाउने कार्यक्रम समेटर बजेट ल्याउने निर्णय यसअघि नै गरेको थियो । प्रदेश सञ्चालन गर्नको अत्यावश्यक २२ वटा कानुन चैत महिनाभित्र मस्यौदा गर्ने गरी काम भइरहेको बताइएको छ ।