भोजपुरको खैराङ्गमा नव– निर्मित अदुवा भण्डारण भवनको उद्घाटन

भोजपुर, ३ चैत्र ।
भोजपुरको हतुवागढी गाउँपालिका– ४ खैराङ्गमा अदुवा भण्डारण भवनको उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत अदुवा भण्डारणको लागि १४ लाख ६७ हजार लागतमा निर्माण सम्पन्न भएको भवनको शुक्रवार कार्यक्रमका विच उद्घाटन गरिएको हो ।
अदुवा व्लग सञ्चालन समितिले जिल्ला कृषि विकास कार्यालयको ८५ प्रतिशत र स्थानियको १५ प्रतिशत लागतमा भवनको निर्माण कार्य सम्पन्न गरेका हुन् ।

सो भवनमा किसानले उत्पादन गरेको अदुवाको भण्डार गर्ने र आवश्यकता अनुसार वजार– वजारमा पठाउने जिल्ला कृषि विकास कार्यालयका सुचना अधिकारी युगमनी भटट्राईले जानकारी दिए ।

दुई हजार रोपनी क्षेत्रफलमा फैलिएको व्लगमा करिव तीन सय कृषक आवद्ध रहेको भटट्राईको भनाई छ । सो व्लगबाट १५ सय मेटिक्टनको हारहारीमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ । व्लगमा आवद्ध कृषकहरुको लागि जिल्ला विकास कार्यालयले अदुवा धुने तथा सुकाउने मेसिन, सुवानीका साधन लगाएत यस अघिनै वितरण गरि सकेको जनाएको छ ।

नव– निर्मित अदुवा भण्डारण भवनको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले उद्घाटन गरेका हुन् । आफ्नै ठाउमा अदुवा भण्डारण केन्द्र सञ्चालनमा आए पछि स्थानिय खुसी भएका छन् ।