६ वर्षीया बालिका बलात्कृत

गुल्मी ३० फागुन, ।
गुल्मीमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।जिल्लाको इस्मा गाउँपालिकाकी बालिका १६ वर्षीया किशोरबाट बलात्कृत भएको प्रहरीले जनाएको छ । मंगलबार साँझ ४ बजे ६ वर्षीया बालिकालाई चाउचाउ र बिस्कुटको लोभ देखाइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका(४ का १६ वर्षीय हिमाल दमाई (दर्जी)लाई प्रहरीले पक्राउ गरेको छ । परिवारको उजुरीका आधारमा दर्जीलाई इस्मा प्रहरीले नियन्त्रणमा लिई मंगलबार नै जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्य यादवले जानकारी दिए ।

इस्मा गाउँपालिकाको न्यायिक समितिको संयोजक तथा उपप्रमुख बिमला खत्रीले बालिका रगतताम्य अवस्थामा भएकाले तत्काल उपचारको लागि सदरमुकाम पठाएको जानकारी दिइन् ।बालिकाको राति नै जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरी बुधबार थप उपचारका लागि पाल्पा रिफर गरिएको यादवले बताए । आरोपित अहिले प्रहरी नियन्त्रणमा छन् । उनले बालिका बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका युवा माथी थप अनुसन्धान भइरहेको र थप कानुनी कारबाही अगाडि बढाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक द्धिबेदीले जानकारी दिए ।