भोजपुर जिल्ला अस्पतालमा दुई जनाको सफल शल्यक्रिया

भोजपुर,२९ फागुन ।
जिल्ला अस्पताल भोजपुरमा गत फागुन २१ गतेबाट पुनः सञ्चालनमा आएको शल्यक्रिया सेवाबाट गरिने प्रशुति सेवा अन्गर्तग दुई जनाको सफल शल्यक्रिया गरिएको छ ।

सेवा शुरु भएको दिन एक जनाको र मंगलवार भोजपुर नगरपालिका १२ टक्सारकी १७ वर्षिय सुजता कार्की सफल शल्यक्रिया गरिएको जिल्ला अस्पताल भोजपुरका सुचना अधिकारी राजुकुमार श्रेष्ठले जानकारी दिए ।

नर्मल रुपमा प्रशुति नभए पछि डाक्टर त्रिभुवन चन्द्र झा सहितको टोलीले कार्कीको शल्यक्रिया मार्फत प्रशुति गराएको हो । वुधवार विहान पनि एक जनाको शल्यक्रिया गरिने सुचना अधिकारी श्रेष्ठको भनाई छ ।

जिल्लामा प्रशुति गराउन आउने मध्ये ५ देखि १० प्रतिशत सम्मको शल्यक्रियाबाट प्रशुति गराउनु पर्ने अवस्था रहने जिल्ला अस्पतालले जनाएको छ ।