‘डाइमन्ड डान्स क्रू भोजपुर’द्धारा शैक्षिक सामग्री वितरण …

भोजपुर,२९ फागुन ।
‘डाइमन्ड डान्स क्रू भोजपुर’ले भोजपुर नगरपालिका क्षेत्रका गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न शुरु गरेको छ । यसै विच मंगलवार क्रूले विद्योदय माध्यमिक विद्यालयका १८ जनालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

एक जना विद्यार्थीलाई आधा दर्जन डट पेन र आधा दर्जन कपी वितरण गरेको नृत्यकर्मी  संघका केन्द्रिय सदस्य तथा डाइमन्ड डान्स क्रूका संयोजक शुसन घिमिरेले जानकारी दिए ।

नृत्य कलाकारीता क्षेत्रको विकाससंगै सामाजिक क्षेत्रमा काम गर्ने लक्ष्यका साथ २०७४ सालमा स्थापना भएको डाइमन्ड डान्स क्रू मा ११ जना सदस्य रहेका छन् । नगरपालिक क्षेत्रका ७ ओटा विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुगेस भन्ने लक्ष्यका साथ शैक्षिक सामग्री वितरण गर्न लागेको क्रूले जनाएको छ ।  अन्य विद्यालयहरुमा पनि क्रमश वितरण गरिने डाइमण्ड नेपालका अध्यक्ष प्रकाश शिंह राईले जानकारी दिए ।