भोजपुरको वैकुण्ठेमा वेपत्ता एक व्यक्ति मृत भेटिए

भोजपुर, २६ फागुन ।
भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं –६ वैकुण्ठेको आरीखोलाको गोरेटोबाटोमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

विहिवार घरबाट वेपत्ता भएका स्थानिय ४२ वर्षिय प्रेमकुमार राई घर देखी करिव २ सय मिटर टाढा शुक्रवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राई घर नजिकै रहेको रुखमा आफुले लगाएको पेन्टको वेल्ट (पेटी) को पासो लगाएर झुण्डीएको र पेटीको पेटी घर चुँडिएर करिव ५ /६ फिट तल घोप्टे परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए ।

घटना स्थलमा प्रहरी चौकी मानेभञ्याङ्गको टोली पुगीसकेको र शनिवार जिल्लाबाट पनि प्रहरीको अनुसन्धान टोली घटना स्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।