भोली हुने पुर्वाञ्चल व्यापी पाँचौ भोजपुर आइडलमा प्रवेश निशुल्क, को –को आए राष्ट्रिय कलाकार ?

भोजपुर, २५ फागुन ।
भोली (शनिवार) हुने पुर्वाञ्चल व्यापी पाँचौ भोजपुर आइडलको फाइनल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

 

शनिवार ११ वजे भोजपुरको टुडीखेलमा हुने प्रतियागितामा सम्पुर्ण आमन्त्रित कलाकारहरु जिल्ला आइसकेको आयोजक कटुन्जे युवा क्लव राप्रसादराई गाउँपालिका– २ धोद्खानीले जनाएको छ । प्रतियागितामा लोकप्रिय गायक शम्भुराई, कला राई दिपक वान्तावा, हिरण राई लगाएतका कलाकारहरु जिल्ला आएका छन् ।साघुँरोभुगोलमा रम्न वाध्य कलाकारहरुलाई संगितको मुलधारमा ल्याउने उद्धेश्यका साथ कटुन्जे युवा क्लवले विगत ६ वर्ष देखि प्रतियोगिता गराउदै आएको छ ।

प्रतियागितामा प्रवेश निशुल्क रहने कटुन्जे युवा क्लव धोद्खानीका अध्यक्ष वाजेन्द्र किरातीले जानकारी दिए । साथै शनिवार नै छैंटौ भोजपुर आइडलको दोश्रो अडिसन पनि हुने किराँतीको भनाई छ ।

पाँचौ भोजपुर आइडलका प्रथम विजेताले नगद एक लाखको साथमा टफी प्रमाण पत्र र विभिन्न अवसरहरु पाउने छन् । त्यस्तै उत्कृष्ट स्वरले नगद २० हजार, उत्कृष्ट अनुशासन १० हजार, उत्कृष्ट व्यक्तित्व, १० हजार र उत्कृष्ट प्रस्तुति नगद १० हजार सहित ट्रफी प्रमाण पत्र र विभिन्न अवसर पाउने आयोजकको भनाई छ ।