छबि र शिल्पाले केक काट्दै मनाए गीतको खुसी

काठमाडौं । करिब दुई दर्जन चलचित्र निर्माण गरेका निर्माता छबिराज ओझाका प्राय चलचित्र व्यवसायिक रुपमा सफल छन् । तर चलचित्रका गीत संगीतले भने युट्युवमा राम्रो उचाई छुन सकेका थिएनन् ।

तर अहिले निर्माण गरेको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मंगलम्’को गीतले भने युट्युवमा राम्रो दर्शक पाएको छ । चलचित्रको ‘पर्ख पर्ख मायालु।।’ बोलको गीतले युट्युवमा अहिले एक करोड बढी दर्शक पाएको छ ।

निर्माता छबिराज ओझाले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित गीतले पाएको सफलताको खुसी सबैमाझ साटेका छन् । उनले एक केट काट्दै सो खुसी बाँडेका हुन् । केक काट्दै गर्दा गायक–गायिकाले गीत गाएर सुनाए ।

दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको उक्त गीतमा कृष्ण काफ्ले र बिन्दु परियारको स्वर छ । केक काट्दै गर्दा गायक–गायिकाले गीत गाएर सुनाए । शिल्पा पोखरेल र पुष्प खड्का छम्छम् नाचेको गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् ।

कार्यक्रममा आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘मंगलम्’को बिभिन्न पक्षबारे समेत जानकारी दिइयो । गीत संगीत उत्कृष्ट भएकै

कारण चलचित्र ब्यवसायमा पनि बाजी मानर्एे अनुमान निर्माण पक्षको रहेको छ ।
– कार्यक्रममा नायिका शिल्पा पोखरेलले ‘मंगलम’ मायाको मिठो धुन भएको बताइन् ।
– निर्देशक नवल नेपालले पनि ‘मंगलम’लाई पारिवारिक कथावस्तुमा बनेको चलचित्र बताउँदा कलाकार मिथिला शर्माले यसको कथावस्तु राम्रो भएको बताइन् ।