भोजपुरमा एक अर्व वढी लागतमा ट्क्सार– पिखुवा खोला हाईड्रोपावर निर्माण हुँदै, यस्तो छ विद्युत उत्पादन क्षमता !

भोजपर, २० फागुन ।
भोजपुरमा आठ मेघावाट क्षमताको जलविधुत आयोजना सञ्चालनमा आउने भएको छ । शनिवार एक कार्यक्रमका विच ट्क्सार पिखुवा खोला हाईड्रो पावर प्रा.लि को सिलान्यास भएसंगै उक्त आयोजना सञ्चालनमा आउने निश्चित भएको हो ।

 

एक अर्व ५० करोडकोे लागतमा आयोजनाको काम सकिने प्रा.लि. का पुर्व सस्थापक अध्यक्ष अम्विकाप्रसाद ढकालले जानकारी दिए । भोजपुर नगरपालिका –१२ सिक्तेल, बेहेरे दोभानमा आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको काम २०७६ साल चैत्र मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको ढकालको भनाई छ ।

 

आयोजना सम्पन्न भए पछि स्थानियलाई पहिलो प्राथमितामा राखेर विधुत वितरण गरिने समेत ढकालले जानकारी दिए ।यो आयोजनाभोजपुरमा सञ्चालनमा  आएका आयोजना मध्ये  सबै भन्दा ठूलो  रहेको ढकालको दावी छ ।