भोजपुरमा ‘लाख बहादुरले’ गरे १३ लाखको जग्गा दान

भोजपुर, ६ फागुन ।
भोजपुरको उत्तरी पडानन्द नगरपालिकामा एक समाजसेवीले निशुल्क जग्गा दान गरेका छन् । सोही नगरपालिका नं – ९, का स्थानिय लाख बहादुर तामाङले १३ लाख मुल्य वरावरको जग्गा दान गरेका हुन् ।

 

 

 

तामाङ्गले स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको लागि निशुल्क जग्गा दिएका हुन् । स्वास्थ्य चौकीको आफ्नो जग्गा नहुँदा भवन निर्माणमा समस्या भएकोले जग्गादान गरेको उनको भनाई छ । अव त्यो जग्गामा स्वास्थ्य चौकीको नयाँ निर्माण गरिने स्वास्थ्य चौकीले जनाएको छ ।

 

भवन निर्माण पस्चात सो क्षेत्रका मानिसहरुलाई स्वास्थ्य सेवा लिनमा सहजता स्वास्थ्य चौकीको भनाई छ ।