को हुन शेरधन राई

भोजपुर,३ फागुन । संघिय राज्यको प्रदेश नम्वर एकको मुख्य मन्त्री वनेका शेरधन राईको जन्म २०२७ साल फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका–३, थिदिङ्खाको पसलभन्ज्याङ्गमा भएको हो । पिता जागीरमान राई र माताः राम्रीमाया राईको पहिलो सन्तानका रुपमा जन्मिएका राईले समाजशास्त्रमा एम ए सम्मको शिक्षा हासिल गरेका छन्। मध्यम वर्गीय परिवारमा जन्मिएका राई एक ईमान्दार सालिन व्यक्तित्व मान्छिन् ।

 

२०४४ सालमा अनेरास्ववियुमा संगठित,सदस्यता लिई राजनिती सुरु गरेका राईले २०४९ सालमा अनेरास्ववियु भोजपुर जिल्ला अध्यक्ष, भएका थिए। २०५३ सालमा अनेरास्ववियुको केन्द्रियसदस्य र पूर्वाञ्चल प्रमुख, हुदै २०४९ मा नेकपा एमाले भोजपुरको जिल्ला कमिटी सदस्य, २०५१ मा सचिवालय सदस्य, र २०५४ मा पार्टी विभाजन पश्चात चार कार्यकाल एमालेको जिल्ला अध्यक्ष वनेका थिए । ०७० वैशाख २७ गते एमाले बैकल्पिक केन्द्रिय सदस्यमा मनोनित भएका राई २०७१ मा एमाले केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

 

हाल नेकपा एमाले बैकल्पिक पोलिटब्यूरो सदस्य एंव प्रदेश नं १ सह– इन्चार्ज रहेका छन् । २०५६ सालको आमनिर्वाचनमा भोजपुर क्षेत्र नं २ वाट निर्वाचितबाट राई नेपालकै कान्छो सांसदको निर्वाचित वनेका थिए ।

२०६२ र २०६३ सालको ऐतिहासिक जनआन्दोलनवाट पुर्नस्थापित प्रतिनिधी सभा व्यवस्थापिका संसदको सदस्य, समेत भएका राई २०६४ सालको संविधान सभाको निर्वाचनमा भने राईले भोजपुर क्षेत्र नं २ बाट पराजित भएका थिए । त्यस पछि २०७० मंसीर ४ मा सम्पन्न दोश्रो संविधान सभाको निर्वाचनमा भने भोजपुर क्षेत्र नं २ वाट विजयी वनेका थिए ।

 

२०७१ सालमा संसदको सुशासन तथा अनुगमन समितिको सभापति समेत भएका राई २०७२ कात्तिक १९ गते सूचना तथा सञ्चार प्रविधि मन्त्री एंव सरकारको प्रवक्ता भएका थिए । २०७४ साल मंसिर १० गते भएको प्रदेशसभा निर्वाचनमा प्रदेशसभामा भोजपुर २ बाट २० हजार ३३४ मत प्राप्त गरी निर्वाचित भएका राई २०७४ माघ २६ गते प्रदेश नं १ नेकपा एमाले संसदीय दलको नेतामा निर्वाचित भए संगै मुख्य मत्री वनेका हुन् । उनले विहीवार मुख्य मन्त्रीको रुपमा सफत समेत लिएका छन् ।

 

संघिय राज्य अन्तर्गत प्रदेश नम्वर एकको मुख्य मन्त्रीका भोजपुरका शेरधन राई नियुक्त भएकासंगै भोजपुरका जनताले हर्षित हुदै अव प्रदेश नं एकको विकास संगै जिल्लाको विकासमा पहल गर्नेमा आशावादी वनेका छन् । विषेश गरेर यहाको सडक, स्वाथ्य, शिक्षा लगाएत अन्य क्षेत्रका विकासमा पहल गर्नेमा स्थानियले आशा गरेका छन् ।