भोजपुरमा २७ वर्षिय न्यैपानेले गरिन आत्माहत्या

भोजपर १ फागुन ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका आठ गोगनेमा एक युवतीको विष सेवनबाट मृत्यु भएको छ ।

विष सेवनबाट भोला न्यैपानेकी छोरी २७ वर्षिय विनुका न्यैपानेले मृत्यु भएको प्रहरीको भनाई छ ।

माघ २८ गते अन्दाजी दिनको १२ बजेतिर घरमा कोही नभएको बेला विष सेवन गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्याल भोजपुरले जनाएको छ ।

विष सेवन गरेका थाहा भए पछि उपचारका लागि स्थानिय स्वास्थ्य चौकीमा लगिएको र उपचार हुन नसके पछि जिल्ला अस्पताल भोजपुर ल्याईएको थियो ।

उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

न्यैपानेको सवलाई पोष्टमाटमा गरि परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।