भोजपुरको अरुण गाउँपालिकाको क्रसर उधोगमा आग्जानी, पौवादुङमा नि स्काईभेटर जलाईयो

भोजपुर १ फागुन ।
भोजपुरको अरुण गाउँपालिका स्थित फेदी वजारमा रहेको क्रसर उधोगमा आग्जानी भएको छ । क्रसर उधोगमा रहेको भिम पौडेलको स्काईभेटरमा आगोलागी हुदा स्काईभेटर पुर्णरुमा जलेर नस्ट भएको छ ।

माघ २९ गते राती एघार बजेतिर आगोलागी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना भएको खवर पाउने साथ घटना स्थलमा जरायोटार प्रहरी चौकीबाट खटिएको प्रहरी टोली पुग्दा कसैलाई नभेटीएको प्रहरीको भनाई छ । आगोलागी भएको स्काईभेटर पुर्णरुपमा क्षेती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका निमित्त प्रमुख चरित्र विक्रम कार्कीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको कार्कीको भनाई छ ।

त्यस्तै भोेजपुरकै पौवादुङमा गाउँपालिका एक तिवारिभञ्जाङमा गए राती १ः४० बजे कन्काई कन्ट्रसनको स्काईभेटरमा आग्जानी भएको छ ।
खवर पाउने साथ तत्कालै ईलाका प्रहरी कार्यालय तिवारिभञ्जाङबाट खटिएको प्रहरीको टोली घटा स्थलमा पुगेकोले स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तिवारिभञ्जाङले जानकी दिएको छ ।

आगोलागी भएको स्काईभेटर आंसिक रुपमा क्षेती भएको प्रहरीको भनाई छ । दुबै घटना कस्ले घटायो भन्ने पत्तानलागेकोले घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।