भोजपुरको दाँवामा भिरबाट लडेर एकको मृत्यु

भोजपुर २९ माघ ।
भोजपुर नगरपालिका ४ सिद्धेश्वरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

चम्पीरे भन्ने भिरबाट लडेर २७ वर्षिय पुर्ण बहादुर सुयलको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनको माघ २७ गते छिमेकीको छोरीको  विहे खाएर घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

सुयल छिमेकी मोहन रम्तेलको छोरीको विहे खाएर घर फर्कीएको र घरमा नआई पुगेपछि खोजी गर्ने क्रममा आज विहान नौ बजे तिर मृतमृत भेटीएका हुन ।

उनलाई चोम्पीरे भन्ने भिरबाट एक सय मिटर तल घोप्टो परि मृत  अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।   मृत सुयलको सवलाई पोष्ट माटमका लागि जिल्ला अस्पताल भोजपुर लाईएको छ  ।