अख्तियारका सुब्बा सम्मानित

इटहरी २९ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७ औँ स्थापना अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका नायब सुब्बा बालकृष्ण तिम्सिना सम्मानित भएका छन् ।

 

तिम्सिनाले उक्त कार्यालयमा रहेर अनुशासित, लगनशिल र रचनातमक काम सम्पादन गरी जिम्मेवारी बहन गरेकाले सम्मान गरिएको कार्यक्रमका अध्यक्ष तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

 

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का प्रमुख सचिव यादब प्रसाद कोइरालाले तिम्सिनालाई ५ हजार नगदसहित सम्मान पत्र प्रधान गरि सम्मान गरेका हुन् ।