भोजपुरमा प्रहरी कार्यालयको ढोका फोर्ने पक्राउ

भोजपुर,२८ माघ ।
इलाका प्रहरी कार्यालय तिवारी भञ्याङ्गले प्रहरीमाथी हातपातसंगै, प्रहरी कार्यालयको ढोका फोर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भोजपुर नगरपालिका – ११ का ३० वर्षिय अमृत तामाङ्गलाई नियन्त्रणमा लिएको हो ।

 

पौवादुम्मा गाउँपालिका – १ श्यामशिलाबाट वसमा यात्रा गरेका तामाङ्गले सार्वजनिक वसमा रहेका यात्रु र तिवारी भञ्याङ्गको इलाका प्रहरी कार्यालयका प्रहरी माथी हातपातसंगै सो कार्यालयको मुल ढोका फोरे पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्पेक्टर चरित्रविक्रम कार्कीले जानकारी दिए ।

 

तामाङ्गले वसमा रहेका प्रहरी र यात्रुलाई हातपात गरे पछि तिवारी भञ्याङ्गमा वस रोकेर नियन्त्रणमा लिने क्रम अन्य प्रहरी माथी पनि हातपात गरेको कार्कीको भनाई छ । तामाङ्गलाई इलाका प्रहरी कार्यालय तिवारीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।