भोजपुरमा प्रदेश स्तरिय नृत्यकर्मी संघ गठन

भोेजपुर २६ माघ ।

भोजपुर जिल्लामा पनि प्रदेश स्तरिय नृत्यकर्मी संघ गठन गरिएको छ । आज एक कार्यक्रम मार्फत प्रदेश नं एक स्तरिय समिति गठन गरिएको हो ।

गठित समितिको अध्यक्षामा सुरेश तामाङ्ग, उपाध्यक्ष सुमन विशुन्के, सचिव धना तामाङ्ग, सहसचिव रितु राई र कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ सहित ११ सदस्य समिति गठन गरिएको हो ।

अगाडी दिनमा नृत्य कलाकारको उत्पादनसंगै क्षमता विकास तथा अन्य विविध गतिविधि सञ्चालन गरि राष्ट्रिय स्तर सम्म चिनाउने लक्ष्यका साथ समितिको गठन गरिएको नृत्यकर्मी संघका केन्द्रि सदस्य तथा भोजपुर संयोजक सुसनका घिमिरेले जानकारी दिए ।