राजेन्द्र खड्गीलाई प्रहरीले गिरफ्तार गर्यो

काठमाडौं २५ माघ ।

मानव तस्करीको अभियोगमा चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले विहीबार ठमेलबाट खड्गीलाई नियन्त्रणमा लिएको हो।

 

 

खड्गीले विभिन्न व्यक्तिलाई मोटो रकम असुलेर गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको भन्ने उजुरी परेपछि उनलाई अनुसन्धानका लागि नियन्त्रण लिइएको सिआईबीका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए।