कालो सुनले लोभ्यायो विद्याबारिधी र बैदेशिक रोजगारीबाट फर्केका युवालाई

 

गणेश विष्ट, भोजपुर ।
‘कालो सुन’ । अलैँचीलाई चिनाउने अर्को नाम हो यो । यो नाम सुत्रे अधिकाँशले बुभ्mने गर्छन्, अलैँची नै हो भनेर । बिक्रीका लागि तयारी अलैँचीको सुख्खा फलको रङ्ग कालो हुने र कृषि उत्पादनमध्ये सबैभन्दा महङ्गो मूल्य हुने भएकोले यसलाई कालो सुनले पुकारिएको जात्रेसुत्रेहरूको अड्कल छ । साँच्चै नै यसको मूल्यले कतिपय अवस्थामा सुनलाई नै बिर्साउन खोज्छ, प्रतिमन सवालाख रुपैयाँसम्म बनेर ।
यस्तो उत्पादनप्रति कसको आकर्षण नहोला र ? आपूmले नगरेपनि अलैँची खेती गर्ने वा ब्यापार गर्ने ब्यक्ति निकै सम्पत्र होलान् भत्रे अनुमान जसले पनि लगाउँछन् मूल्यकै आधारमा । यही कुराले पनि चरितार्थ गरिदिएको छ अलैँची कालो सुन नै हो भनेर ।

हो, यही कालो सुनको आकर्षणले अहिले निकै पढेलेखेकादेखि बैदेशिक रोजगारीमा रहेकालाई पनि यसको खेतीमा तात्रे गरेको छ । अलैँची उत्पादन हुने खालको जमिन हुनेले साग (तरकारी) लगाउने करेसोसम्म रोप्न थालिसकेका छन् । केही वर्षअघिसम्म खाली रहेका आँगनका डिल अहिले अलैँचीले ढाकिएको देख्न सकिन्छ जताततै । भोजपुरका अधिकाँश गाउँमा यस्तै देख्न पाइन्छ । अलैँची खेतीले यहाँका कृषकको आत्मनिर्भरता बढाउँदै लगेको छ । अलैँची खेतीका लागि निकै चर्चित जिल्ला भोजपुरमा बर्षेनी यसका कृषकको सङ्ख्या र यसले ओगटेको जमिनको क्षेत्रफल बढ्दै गएको पाइन्छ ।

विद्याबारिधी गरेका चक्रबहादुर अलैँची गोड्दै

अरू त अरू पढेलेखेका ब्यक्तिहरू पनि अलैँची खेतीमा ब्यवसायिक रूपमै लागेका छन् । कृषिलाई निचो पेशाको रूपमा मानिने र धेरै अध्ययन गरेका ब्यक्तिहरू अन्य जागिर वा इलममा लाग्ने गरेपनि यहाँका विद्याबारिधी गरेका केही ब्यक्ति भने अलैँची खेती गरेर बसेका छन् । समाजशास्त्रमा विद्याबारिधी (पीएचडी) गरेका भोजपुर नगरपालिका १० का ३२ बर्षीय चक्रबहादुर कार्की पनि यही समूहमा पर्छन् ।

चक्रबहादुरको हालको अधिकाँश समय नै अलैँची हेरचाहमा बित्ने गरेको छ । स्वदेशमै बसेर केही गर्न सकिन्छ भत्रे हिम्मतसहित कृषिमा लागेको बताउने उनले ३० लाख रुपैयाँ लगानी गरेर अलैँची खेती थालेका हुन् । अन्य खाद्यात्र बालीभन्दा अलैँचीले धेरै आम्दानी दिने भएकाले पनि उनमा यसप्रति आकर्षण थपिएको उनकै भनाईबाट प्रष्ट हुन्छ ।

चक्रबहादुरले करिब चार सय रोपनी जमिनमा अलैँची खेती थालेका छन् । आफ्नो खेतीबाट नहुँदा पनि बार्षिक २० देखि २१ लाख रुपैयाँ आम्दानी हुने गरेको बताउने उनले त्यति आम्दानी हुँदाहुँदै अरु पेशा खोज्नु मुर्खता भएको धारणा राखे । यसवर्ष चक्रबहादुरले अलैँचीको डेढ लाख बिरुवा पनि उत्पादन गरेका छन् । उनले यी सब काम गर्न १० जना स्थानीयलाई रोजगारी दिएका छन् । कृषिलाई सम्मानजनक पेशाका रूपमा विकास गर्न र स्वरोजगार बत्र अलैँची खेती थालेको बताउँछन् नेपाली काङ्ग्रेस जिल्ला सचिवसमेत रहेका चक्रबहादुर ।

विदेशबाट फर्किएका सुमन पनि अलैँचीमै
टेम्केमैयुङ गाउँपालिका २ छिनामुखुका सुमन प्रधानले पनि बिदेशबाट फर्किएर अलैँची खेती गर्दैछन् । तीन वर्ष मलेशिया बसेर आएका उनले अर्काको देशमा दुःख गर्नुभन्दा आफ्नै ठाउँमा मेहनत गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भत्रे सोचेर अलैँची खेतीमा लागेको बताएका छन् ।
सुमन भन्छन्, ‘बिदेशमा गएर दुःख गर्नुभन्दा अलैँची खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ ।’ उनले अहिले अलैँची खेतीबाट बार्षिक पाँचदेखि छ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । धेरैले अलैँची उत्पादन गरेपनि आधुनिक भट्टि अभावका कारण गुणस्तरीय अलैँची उत्पादन गर्न नसक्दा भनेजति मुल्य लिन नसकिएको उनको भनाई छ ।

अलैँचीकै आम्दानीले दुईतले पक्की घर
टेम्केमैयुङ गाउँपालिका ५ चोलन्तीका तिलकबहादुर विष्ट ३४ बर्ष अघिदेखि अलैँची खेती गर्दै आएका छन् । विष्ट अलैँची खेतीबाट वर्षमा ९ देखि १० लाखसम्म आम्दानी गर्छन् । अलैँचीकै आम्दानीले उनले मोरङको सलकपुरमा दुईतले पक्की घर र एउटा घरेडी किनेका छन् । उनी भन्छन् ‘अलैँची खेती नगर्दा जीवन गुजरा गर्न निकै समस्या थियो । यो ब्यवसाय गर्न थालेपछि छोराछोरीलाई पढाउन कुनै दुःख भएन ।’ उनले थपे, ‘दुई भाई छोरा र छोरीहरूको विवाह पनि यसैको आम्दानीबाट गरेँ, हाम्रो त बुढेसकालको पेन्सन नै यहि अलैँची खेती हो । यो वर्ष भनेजति मूल्य नपाए पनि तीन लाख रुपैयाँको बेचेँ ।’

तिलकले खेतबारी नै मासेर अलैँची लगाएका छन् । एक रोपनीमा शुरु गरेका उनले अहिले १२ रोपनीमा अलैँची लगाएका छन् । एक रोपनी क्षेत्रफलमा राम्रो फल्दा डेढ मन (६० किलो)सम्म उत्पादन हुने उनको अनुभव छ । तिलक भन्छन्, ‘सुरुमा अलैँची खेती गर्दा कसैले पत्याउँदैन थिए । यो मान्छेले यति राम्रो खेत मासेर के गरेको होला भत्रे धेरै थिए । तर बिस्तारै अलैँची फल्न थाल्यो । भाउ पनि बढ्दै गयो । अनि मेरैमा अलैँचीको विरुवा माग्ने छिमेकीको लर्काे नै लाग्न थाल्यो ।’ अहिले उनका छरछिमेक सबैले पहिले धान फल्ने खेतमा जताततै अलैँची लगाएका छन् ।

बिगत सम्झिँदा उराठ लाग्ने गरेको बताउने उनी अहिले घरैमा लाखौँ आम्दानी हुने गरेको बताउँछन् । भन्छन्, ‘पहिले बिहान बेलुकाको छाक टार्न मुस्किल पथ्र्याे । सरसापट समेत कसैले पत्याउँदैन थिए । अहिले दुईचार रुपैयाँमा बिक्नसक्ने भएको छु । यो अलैँचीले नै हो ।’ तिलककै उत्रति देखेर सो क्षेत्रका करिब सय घरका कृषक अलैँची खेतीमा ब्यवसायिक रूपमा लागेका छन् । उनीहरूले त्यो गाउँमा बर्षेनी करोडौँ रकम भित्र्याउने गरेका छन् ।

चक्रबहादुर, सुमन र तिलक त उदाहरण मात्र हुन् । उनीहरू जस्तै नौ सय भन्दा बढी कृषकहरूले भोजपुरमा व्यवसायिक रूपमा अलैँची खेती गर्दै आएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

विगतको तुलनामा यसवर्ष अलैँचीको मूल्यमा गिरावट आएको भए पनि अलैँचीबाट राम्रै आम्दानी भइरहेको कृषकहरूको भनाई छ । जिल्ला कृषि विकास कार्यालय भोजपुरको तथ्याङ्क अनुसार पकेट क्षेत्रका एक कृषकले बार्षिक १५ देखि १६ मनभन्दा बढि अलैँची उत्पादन गर्छन् ।
आर्थिक वर्ष २०७०÷०७१ मा तीनसय ६० हेक्टर क्षेत्रमा एकसय ८० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१÷०७२ मा एक सय ८२ मेट्रिक टन, आर्थिक वर्ष २०७२÷०७३ मा एकसय ८८ मेट्रिक टन र यसवर्ष एक सय ९२ मेट्रिक टन उत्पादन भएको छ । गत वर्षको तुलनामा यो वर्ष ४ मेट्रिक टन उत्पादन बृद्धि भएको कार्यालयले जनाएको छ ।
पछिल्लो समयमा यसको खेतीमा लाग्ने कृषक सङ्ख्या बढेपनि भर्खरै मात्र कृषकले खेती बिस्तार गरेकाले यस वर्ष कमै मात्र बृद्धि देखिएको कार्यालयले जानकारी दिएको छ । जिल्लामा छ सय ५० हेक्टर खेती बिस्तार गरिएको भए पनि चार सय हेक्टर क्षेत्रफलले मात्र उत्पादन दिने गरेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी युगमणी भट्टराईले जानकारी दिए । आगामी वर्षबाट भने उत्पादनको मात्रा अझ बढ्ने उनको भनाई छ ।

अलैँचीको पकेट क्षेत्रका रूपमा लिइएको भोजपुरमा रामशाही, गोलशाही, डम्वर शाही र जिर्मले जातको अलँैची हुने गरेका छन् । भोजपुरको दोभाने, कुदाककाउले, साम्पाङ्ग, अत्रपुर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा हेलौछा, गुप्तेश्वर लगायत १७ बढी ठाँउमा मुख्य रूपमा अलैम्ची उत्पादन हुने गर्दछ ।

भोजपुरमा अलैँची बिस्तारको लागि एउटा ब्लक र छ वटा पकेट क्षेत्र निर्धारण गरि काम भईरहेको छ । कार्यालयका अनुसार भोजपुुरमा योवर्ष प्रतिमन ३० देखि ३५ हजार रुपैयाँमा अलैँची बिक्री भईरहेको छ ।

योबाहेक भोजपुरमा उत्रति बृद्धि समावेशी कार्यक्रमअन्तर्गत पनि अलैँची खेतीको प्रबद्र्धनका लागि काम भइरहेको छ । डेनमार्क सरकारको सहयोगमा कृषि विकास मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको उत्रतिले अलैँची खेती बिस्तार, यसको उत्पादन बृद्धि, बजारीकरण जस्ता क्षेत्रमा प्रबद्र्धन गर्ने उद्धेश्यले काम गरिरहेको उत्रतिका कर्मचारी बिष्णु काप्mलेले जानकारी दिएका छन् । भोजपुरमा अलैँची ढुवानीलाई नै सहज बनाउनका लागि दुईवटा सडक उत्रतिको सहयोगमा जिल्ला प्राविधिक कार्यालयबाट निर्माणाधीन छन् । त्योबाहेक उत्रतिले सिधै अलैँची उत्पादन गर्दै आएका निजी क्षेत्रलाई पूर्वाधार र अन्य कुरामा सहयोग गर्दै आएको छ । भोजपुरका विभिन्न ठाउमा उन्न्तिले अलौँची खेतीमा ३२ लाख ३१ हजार ६ सय ७० लगानी गरेको छ ।

उन्नति अन्तर्गत नै अन्तर्राष्ट्रिय श्रम सङ्गठनबाट पनि भोजपुरमा अलैँचीको प्रबद्र्धनका लागि पैरवी, दीगोपना र जनचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । गत बर्ष शुरु भएको यो कार्यक्रम नेपाल पत्रकार महासंघ, आदिबासी जनजाति पत्रकार महासंघ, सामुदायिक रेडियो प्रशारक संघ, उद्योग वाणिज्य संघ, मजदुर सङ्गठनहरु, अन्य गैर सरकारी सङ्गठनले सञ्चालन गर्दै आएका छन् । आगामी जेठमा सकिने कार्यक्रमपश्चात यहाँको अलैँची ब्यवसायमा अझ सुधार हुने अपेक्षा कृषकले गरेका छन् । (नेपाल पत्रकार महासंघ, इलाम)