सुन र चाँदीको भाउ वढ्यो

काठमाडौं, २३ माघ ।

मंगलबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँ बढेको हो । सोमबार सुन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदी पनि तोलामा पाँच रुपैयाँ बढेको छ ।

सोमबार ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।