भोजपुरको दुई स्थानमा गुडिया र मुढा वनाउने तालिम शुरु..

भोजपुर, २१ माघ ।
स्थानियलाई सीप सिकाएर आत्मानिर्भर वनाउनले लक्ष्यमा साथ भोजपुरको दुई स्थानमा गुडिया र मुढा वनाउने तालिम सञ्चालन गरिएको छ । भोजपुरको आमचोक गाउँपालिकाको वालांखामा गुडिया वनाउने र पौवादुङ्मा गाउँपालिकाको श्यामशिलामा मुढा वनाउने तालिम सञ्चालन गरिएको हो ।

वालांखामा सञ्चालन भइरहेको तालिममा १४ जना महिलाहरुको सहभागीता रहेको घरेलु तथा साना उद्योग विकास समिति भोजपुरले जनाएको छ । त्यस्तै श्यामशिलामा सञ्चालन भइरहेको मुढा वनाउने तालिममा ११ जनाको सहभागीता रहेको छ । स्थानियको माग वमोजिम सञ्चालन भएको तालिम घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा गरिएको हो ।

त्यस्तै घरेलु अन्तर्गत नै जिल्लाको १२ स्थान सञ्चालन भइरहेको डकर्मी सम्वन्धी तालिम मध्ये हाल सम्म ८ स्थानको तालिम सम्पन्न भएको र अन्य ४ स्थानको भने सम्पन्न हुन वाँकी रहेको कार्यालयको भनाई छ । जिल्लामा डकर्मी सम्वन्धी तालिमको माग धेरै भएकोले थप एक सय ५० जनाको लागि तालिम दिने लक्ष्यका साथ काम गर्ने तयारी रहेको कार्यालयले जनाएको छ ।