भोजपुरको दिङ्लामा पूर्वाञ्चल स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु…

भोजपुर,१९ माघ ।
भोजपुरको दिङ्लामा १० औं पूर्वाञ्चल स्तरिय सिनियर तथा जुनियर (आइटिएफ) तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बिहिबार उद्घाटन भएको खेलमा पुर्वञ्चलका विभिन्न ८ जिल्लाका महिला र पुरुष गरी ८० खेलाडीहरु सहभागी छन् ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा २० देखि ७५ केजी तौलका विभिन्न १० तौल समूहका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम द्धितिय र तृतीय हुनेले मेडल र प्रमाण–पत्र पाउनेछन् । सबै भन्दा बढी गोल्ड मेडल प्राप्त गर्ने जिल्ला प्रथम हुनेछ भने कास्य र रजत मेडल प्राप्त गर्ने जिल्लाहरु क्रमश दोस्रो र तेस्रो घोषित हुनेछन् ।


प्रतियोगिताको उद्घाटन गर्दै भोजपुर प्रतिनिधिसभा सांसद सुदन किरातीले आगामी आर्थिक वर्ष दिङ्लामा कबर्डहल निर्माणका लागि रकम विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरे ।
जिल्लामा थुप्रै तेक्वान्दो खेलाडीहरु उत्पादन भएपनि ठूलो प्रतियोगिताको आयोजना गर्र्न नसकेको वताउदै, यो पटक पुर्वाञ्चल स्तरिय एक नम्बर प्रदेशका खेलाडीहरुको उपस्थिति गराई प्रतियोगिता गर्न पाउँदा खुशि लागेको भोजपुर तेक्वान्दो संघका अध्यक्ष सुरेश राईले बताए । भोजपुर (आइटिएफ) तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिताको शनिबार एक कार्यक्रमका बिच समापन गरिने छ ।