यस्तो हुनेछ , एप्पलको नयाँ फोन !!

१७ माघ । सन् २०१८ मा एप्पलले नयाँ तीन किसिमको आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अब रिलिज हुने आइफोन अहिलेसम्मकै सबैभन्दा प्रभावकारी हुने जानकारी दिइएको छ ।

प्राप्त जानकारी अनुसार यो फोन ६।१ इन्चको एलसिडी डिस्प्ले भएको हुन्छ । यसमा थ्री डी सेन्सिङ टेक्नोलोजी र एनिमोजी सपोर्ट सिस्टम पनि रहनेछ । यो आइफोन आयतकार हुने जानकारी दिइएको छ । यो आइफोनले फूल एक्टिभ एलसिडी टेक्नोलोजी सपोर्ट गर्ने बताइएको छ, जुन अत्याधुनिक एलसिडी टेक्नोलोजी हो । एलसिडी डिस्प्लेमा २१६० गुणा १०८० पिक्सेलको रिजोलुसन हुनेछ । यसको एलसिडी डिस्प्ले जापानी डिस्प्ले रहने जानकारी दिइएको छ । यो फोनमा आल्मुनियमको फ्रेम हुनेछ भने क्यामरा पनि सिंगल लेन्स रहनेछ ।

यसका साथै अन्य दुईवटा नयाँ रिलिज हुने आइफोन आइफोन एक्सको नयाँ संस्करण र आइफोन एक्सप्लस हुने बताइएको छ । आइफोन एक्स प्लस उच्च ब्याट्री क्षमता भएको छ । प्राप्त जानकारीका अनुसार यसको ब्याट्री क्षमता ३३०० देखि ३४०० मिलि एम्पियर आवरको हुनेछ । । यी दुबै आइफोनमा ४ जिबी र्‍याम हुनेछ ।