प्रचारमा व्यस्त शिल्पा पोखरेल

फिल्म मंगलमकी दर्शकमाझ सबैभन्दा चिनिएकी कलाकार हुन्, शिल्पा पोखरेल । अनि, उनी हिरोइन मात्र होइनन्, यही फिल्मबाट निर्मात्रीका रुपमा उदाउँदै छिन् । तर, यसलाई रिलिज गर्नु फलामको चिउरा चपाउनुसरह भएको छ ।

कारण, रिलिज पटक–पटक सर्दै २५ फागुनमा पुगेको छ । त्यही दिन पनि अरु कुनै गिनेचुनेको फिल्म आयो भने मंगलम् फेरि नसर्ला भन्न सकिन्न ।

विगत यस्तै छ । तैपनि, उक्त मितिमा जसरी पनि रिलिज गर्ने धुनमा छिन् शिल्पा तर समस्या भनेको प्रचारप्रसारकै हो । फिल्ममा नायकद्वय पुष्प खड्का र पृथ्वीराज प्रसाईं त छन् । तर, उनीहरुको प्रभाव खास छैन ।

सोही कारण प्रचारमा शिल्पा आफैँले खट्नुपरेको छ । जबकि, बाहिरी ब्यानरका फिल्मको प्रमोसनमा उनी अनुदार रहन्थि