भोजपुर हातेमालो समाज युएई र किराँत यायोख्खा द्धारा नेपालि चेलिको उद्धार

युएईका दुई सस्था ले नेपालि चेलि उद्धार गरे बैदेशिक रोजगारि को शिलशिलामा युएई मा आएर काम गरेकी सोलुखुम्बु जिल्ला साविक गा पा बुङ – ६ निवासी सुम्निमा कुलुङ राईलाइ भोजपुर हातेमालो समाज युएई र किराँत यायोख्खा ले उद्धार गरेका छन ।
सेटिङ भिसामा कम्पनी को काम दिलाउने सर्तमा ल्याई घरेलु कामदार बनाएको थियो ।

१५ घण्टा काम लगाएर श्रम शोषण गराउने प्रवृत्तिका दलाल चिन्न नसक्दा युएईमा नेपाली चेलिबेटी हरु धेरै बिचल्लीमा परेका छन । घरमालिक द्वारा विभिन्न शारीरिक यातना, शोषण र एक घर बाट अर्को घर मालिक तिर पठाएको हुनाले मानसिक पीडा , झन्झट, दुख र यातना दिएकाले सो पिडा बाट पिडित भई भागेर आएको खबर नेपाली दुतावास अबुधावि सेल्टरमा आएको थियो । सो खबरको जानकारी पछि दुबै संस्थाका प्रतिनिधि हरु नेपाली दुताबास गएर प्रत्यक्ष भेटघाट गरी उद्धारको प्रयास सुरू गरेका थिए ।

दुबै संस्थाले सयुक्त सहकार्य गरि सम्पूर्ण कानुनी प्रकृया पूरा गरेर उनको उद्धार गरीएको हो । सुम्निमाको नेपाल फिर्तीको लागि प्लेन टिकट र नगद ४००रदिराम सहयोग हस्तान्तरण गरिएको हो । प्रदेश न । १ सोलुखुम्बु जिल्ला साविक बुङ गा बि स( ६ का नेपाली चेलि को पीडा ले स्तब्ध बनाएपछि एक आपसमा सस्थाका प्रमुख सग छलफलपछि अर्थ सङकलन गरियो । मानवीय सेवा पनि हुने, परदेशमा नेपाली चेली एक्लै छैनन भन्ने सन्देश दिनका लागि पनि सुम्निमा राई लाई सहयोग नगद हस्तान्तरण गरिएको भोजपुर हातेमालो समाज युएई का केन्द्रीय अध्यक्ष श्री ज्ञानेन्द्र ब। राई ले बताए ।

सम्पूर्ण नेपाली हरु ले बैदेशिक रोजगारिमा आउदा सम्बन्धित निकायमा बुझेर मात्रै र अन्य दोश्रो मुलुक भारत हुदै नआउन हुन भावि दिनमा सबै ले सोचौ भन्ने सन्देश किराँत राई यायोख्खा समाज युएई का का। बा अध्यक्ष श्री बुद्धि राई – ओबेग  ले बताए ।
यस अघि पनि जिल्ला का विभिन्न आपत बिपत्ति का घटनामा भोजपुर हातेमालो समाजले सर सहयोग गर्दै आई रहेको बताउँदै महासचिव तिर्थ योञ्जन ले अगाडी भने “सम्पूर्ण नेपाली चेलिहरु ले बिदेश आउदा बुझेर र काठमाडौ नेपाल को बिमानस्थल प्रयोग गरि आउन हुन पनि जनचेतना का लागि हार्दिक अनुरोध छ ।”