संखुवासभा जिल्लामा पहिलोपटक विद्युतिय पुस्तकालय स्थापना

संखुवासभा ७, माघ । जिल्लामा पहिलो पटक दुई विद्यालयमा विद्युतिय पुस्तकालय (इ–लाइब्रेरी) स्थापना गरिएको छ । मनराम फाउन्डेसनको सहयोगमा आइतबार हिमालय मावि खाँदबारी र महेन्द्र मा बि मानेभञ्ज्याङमा सो पुस्तकालयको स्थापना गरिएको हो ।
ग्रामीण क्षेत्रमा आधुनिक सूचना प्रविधिको पहुँच र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पु¥याउने उद्देश्यले विद्युतीय पुस्तकालय स्थापना गर्ने अभियान सुरु गरेको मनराम फाउन्डेसका अध्यक्ष सुजनकुमार श्रेष्ठले बताए ।

इन्टरनेटको प्रयोगबिनानै कम्प्युटरमा पाठ्यपुस्तक पढ्न, दृष्य हेर्न र श्रव्य सामग्री सुन्न सकिने प्रविधि जडित विद्युतीय पुस्तकालयले शिक्षाको गुणस्तर, विद्यार्थीको पढाइप्रति रुची र सिकाइ उपलब्धि बढाउन मद्दत गर्ने अपेक्षा गरिएको श्रेष्ठको भनाई छ ।
श्रेष्ठले मुख्यता विद्यालय तहका बालबालिकालाई पढाउनका लागि इ–पुस्तकालयको प्रयोग बढी भएको बताए । विद्यालयमा मात्र नभएर कलेजमा पनि यसको माग बढेको उनको भनाई छ ।

विद्यालयमा इलाइब्रेरी खुलेपछि विद्यार्थी र शिक्षकमा ज्ञान र सीपको विकास हुने तथा नयाँनयाँ विषयको खोजीमा लाग्दा शैक्षिकस्तर पनि विकास हुने महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक मेदिनी घिमिरले बताए ।
पुस्तकालय स्थापना कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष श्रेष्ठले संखुवासभा जिल्लाका सबै विद्यालयमा चाडै यो सेवा बिस्तार गर्ने लक्ष्य रहेको बताए । यो सेवा सुचारु भए पछि बिद्यायलयका बिद्यार्थीले बिभिन्न खालका सूचना प्रबिधिको अध्ययन र प्रयोग गर्ने सक्ने छन् । यो विद्युतिय पुस्तकालयमा ७ हजार ७ सय पुस्तकहरु समेटिएका छन ।

पुस्तकालय स्थापना कार्यक्रममा खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारी खतिवडाले आफ्नो क्षेत्र बाट जुन सुकै खालको सहयोग गर्ने बताउदै नगरपालिकाले पनि पुस्ताकलय स्थापना गर्ने लागेकाले यस्ता प्रबिधिमा सहयोगका लागि मनराम फाउन्डेसनलाई आग्रह गरे ।
मेयर खतिवडाले यस्ता पुस्तालकाय विकासका लागि सबै क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिएका छन् । साथै उनले नयाँ नयाँ पुस्तकहरु पुस्तकालयमा संकलन गर्नका लागि यस क्षेत्रका विभिन्न संघसंस्थासँग सहकार्य गर्नुपर्ने बताए ।
पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम कम्प्युटर, ल्यापटप र मोबाइल को प्रयोगबाट पुस्तकलाई पढ्न सकिने प्रणालीलाई नै विद्युतीय पुस्तकालयमा भनिन्छ ।

एउटा सफ्टवेरको माध्यमबाट कम्प्युटरमा पुस्तकलाई डिजिटलाइज गरेर राख्ने गरिन्छ । ती डिजिटाइज भर्सनका पुस्तकलाई कम्प्युटरमा राखिएका विद्युतीय पुस्तकालयमा गएर पढ्न सकिन्छ ।
कम्प्युटरमा आफैँ कुन किताब पढ्न खोजेको हो त्यो कितावको नाम टाइप गरेर पुस्तक खोजेर पढ्ने व्यवस्था विद्युतीय पुस्तकालयमा रहेको हुन्छ । विद्युतीय पुस्तकालयका माध्यमबाट शिक्षक नभए पनि शिक्षण विधिका माध्यमबाट विद्यार्थीले सजिलै बुझ्न सक्दछन् । विद्युतीय पुस्तकालयका माध्यमबाट शिक्षक नभए पनि शिक्षण विधिका माध्यमबाट विद्यार्थीले सजिलै बुझ्न सक्दछन् ।