कतार पुगेका खोटाङका दुई युवाको विचल्ली

खोटाङ्ग ५ माघ ।
वैदेशिक रोजगारीको लागि कतार पुगेका दुई युवाको विचल्ली भएको छ । कम्पनीबाट काम र तलब नपाउँदा खोटाङका युवा बिचल्लीमा भएको हो ।

काठमाडौंको प्रोगेसिप म्यानपावरलाई जनही ७५ हजार रुपैयाँ बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राई बिचल्लीमा परेका हुन् ।

उनीहरुलाई कम्पनीले काम दिएको छैन । घर फर्किन खोज्दा पनि नदिएको भन्दै उनीहरुले उद्धार गरिदिन दिक्तेलमा रहेको सुचना तथा परामर्श केन्द्रसँग आग्रह गरेका छन् ।

 

टायल मेसनका लागि डेढ महिनाअघि कतारको सेटलाइट इन्टरनेशनल कम्पनी पुगेका उनीहरुले खान पनि नपाएपछि घर फर्कन खोज्दा कम्पनीले केही समयपछि काम हुने भन्दै घर फर्किन नदिएको बताएका छन् ।