फुटवल संघको अध्यक्षमा ‘प्रविन सुवाल’

भोजपुर, २ माघ ।
भोजपुर जिल्ला फुटवलसंघको अध्यक्षमा प्रविन सुवाल सर्वसम्मत चएन भएका छन् । संघको मंगलवार सम्पन्न भएको चौथो अधिवेसनले सुवाललाई अध्यक्षमा चयन गरको हो । भोजपुरको पर्यटकिय स्थल बाघखोरमा भएको अधिवेसनले उपाध्यक्षहरुमा भाष्कर तामाङ्ग, आङ्गपासाङ्ग शेर्पा, टंक प्रधान र कोषाध्यक्षमा विनम श्रेष्ठ सहित १५ सदस्य कार्यसमिति चयन गरेको छ । अधिवेसनको केन्द्रिय प्रतिनिधिको रुपमा अखिल नेपाल फुटवलसंघका केन्द्रिय सदस्य असोक भगत श्रेष्ठ रहेका थिए ।