भोजपुर हातेमालो सेवा समाज युएईद्धारा कोभिड अस्पताल भोजपुरलाई स्वास्थ्य सामग्री सहित २५ हजार नगत सहयोग

भोजपुर ३१ असार भोजपुर हातेमालो सेवा समाज युएईले कोभिड अस्पताल भोजपुरलाई २५ हजार नगत सहित स्वास्थ्य सामग्री हस्तानतरण गरेको छ । भोजपुरको देउरालीमा रहेको कोभिड अस्पतालको लागि समाजले २५ हजार नगत सहित न्यानो कपडा १५ थान, ६ थान सेनिटाईजर र ६ डब्बा डिसपोजल मास्क लगाएतका स्वास्थ्य सामग्री हस्तानतरण गरेको समाजका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले बताए । विहिवार एक कार्यक्रमका विच जिल्ला कोभिड अस्पताल भोजुरका अध्यक्ष धुर्वलाल श्रेष्ठलाई समाजका सल्लाकार तिर्थ योञ्जनले सामग्री हन्तान्तरण गरेका हुन । युएईमा रहेका भोजपुरे दाजुभाइ तथा दिदिबहिनीहरुले सहयोग संकलन गरि पठाएको ५१ हजार ५ सय रुपैया मध्य २५ हजार नगद तथा २६ हजार पाँच सय जिन्सि सामाग्री हस्तान्तरण गरिएको समाजका सल्लाकार तीर्थ योञ्जनले जानकारी दिए ।