पौवादुङमाका विपन्न परिवारलाई सोलार वितरण

भोजपुर, ३० असार ।
पौवादुङमा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई सोलार सेट वितरण गरेको छ । ८२ परिवारलाई सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने, ‘हामीले गाउँपालिकामा विद्युतकरणको लागि काम गरिरहेका छौँ । विस्तारको काम अघि बढिरहेको छ । तर तत्कालिन विद्युतिय समस्या समाधानको लागि सोलार वितरण गरेका हौँ ।’गाउँपालिकाले गत वर्ष २५२ परिवारलाई सोलार वितरण गरेको थियो ।