भोजपुरका सात ओटा स्थानीय तहमा एमालेको कमिटि विस्तार (फोटो फिचर)

भोजपुर, २४ चैत्र ।
नेकपा एमाले भोजपुरले जिल्लाका सात वटा स्थानीय तहमा कमिटि बिस्तार गरेको छ । एमालेले पौवादुङमा, अरुण, साल्पासिलिछो, रामप्रसादराई, हतुवागढी र टेम्केमैयुङ गाउँपालिकामा गाउँ कमिटि विस्तार गरेको पार्टीका उपाध्यक्ष मकर खड्काले जानकारी दिए । त्यस्तै षडानन्द नगरपालिकामा नगरपालिकामा पनि मंगलबार नै नगर कमिटि गठन भएको अध्यक्ष खड्काले बताए । पौवादुङमा गाउँपालिकामा ज्ञानेन्द्र राईको अध्यक्षता तथा प्रदेश कमिटि सल्लाहकार सदस्य भरत तामाङको प्रमुख आथित्यतामा भएको कार्यक्रम मार्फत ९२ जनाको गाउँ कमिटि गठन भएको पार्टी सविच किरण राईले जानकारी दिए । यता साल्पासिलिछो गाउँपालिकामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसबाट दुई जना र राप्रपाबाट एक एमालेमा प्रवेश गरेको पार्टीले जनाएको छ ।

)