आफ्नै साथीले बोकेको भरुवा बन्दुक पड्किदा भोजपुरमा एक जना घाइते

भोजपुर, २१ चैत । भोजपुरको आमचोक गाउँपालिका–७ देवान्टारमा भरुवा बन्दुकले लाग्दा एक जना घाइते भएका छन् । बादर धपाउने क्रममा आफ्नै  साथीले बोकेको भरुवा बन्दुकले लाग्दा शुक्रबार स्थानीय ५३ वर्षिय जीत बहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीय मान्द्रेकुमला सामुदायिक वनमा बादर खेदाउनसँगै गएका उनका साथी ३५ वर्षीय प्रेम बहादुर नेवारले बोकेको बन्दुक पड्किदा मगरको कम्मर पछाडीको भागमा छर्रा लागेको प्रहरीको भनाइ छ । घाइतेको विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान उपचार भरहेको छ भने प्रेमलाई बन्दुक सहित नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।