युवा संघ नेपाल भोजपुरको अध्यक्षमा ज्ञानेन्द्र राई

भोजपुर, २० चैत । युवा संघ नेपाल भोजपुरको अध्यक्षमा ज्ञानेन्द्र राई चयन भएका छन् । आज भएको जिल्ला भेलाले राईको अध्यक्षतामा, उपाध्यक्ष उत्तरराज खड्का, सचिव रविन थापा, सह सचिव राजन श्रेष्ठ र कोषाध्यक्ष सरोज चाम्लिङ रहने गरी ५५१ सदस्य कार्यसमिति चयन गरेको हो । नव गठित समितिलाई सशक्त रुपमा अगाडी बढाउने अध्यक्ष राईले बताए ।

अध्यक्ष राईले भने,‘नयाँ जोस र जाँगरका साथ कमिटि गठन भएको छ, जनताको पक्षमा काम गर्न सवै युवाहरुलाई परिचालन गरेर सशक्त रुपमा गतिवधिहरुलाई अगाडी बढाउँछौँ ।’ एमालेका जिल्ला अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति एमालेका केन्द्रिय सदस्य, प्रदेश १ सह इन्चार्ज तथा मुख्यमन्त्री शेरधन राई रहेका थिए ।